logo-img

आयरल्याण्डविरुद्ध नेपाल ‘ए’ लाई दोस्रो सफलता, साहबले पहिलो ओभरमै लिए विकेट
फाइल तस्बिर

आयरल्याण्ड उल्भ्सविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ लाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता स्पिनर साहब आलमले दिलाए ।  

उनले ८.४ ओभरमा आयरल्याण्डका महत्वपूर्ण ब्याटर स्टिफन डोहेनीलाई १२ रनमा बोल्ड गर्दै पवेलियनको दिशा देखाए । साहबले आफ्नो पहिलो ओभरमै विकेट लिएका हुन् ।  

नेपाललाई पहिलो सफलता युवा तीव्र गतिका बलर रिजन ढकालले दिलाए । उनले ५.१ ओभरमा जेम्स म्याक्लमलाई १२ रनमा आउट गरे ।



रिजनले म्याक्लमलाई विकेटकिपर अर्जुन साउदबाट क्याच आउट गराए । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गरिरहेको हो ।  

नेपाल ‘ए’ र आयरल्याण्ड टी–२० पछि एकदिवसीय सिरिज खेलिरहेका हुन् । तीन खेलको सिरिज नेपालले २–१ ले गुमाएको थियो ।     
 





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार १०:१४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया