logo-img

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार तीन सय रुपैयाँले ओरालो लागेको छ । बिहीबार प्रतितोला एक लाख ३३ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने  एक लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार छ सय १५ रुपैयाँ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ । 





  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार ११:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया