logo-img

आयरल्यान्डले नेपाल एलाई दियो १७५ रनको लक्ष्य

दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड उल्भ्सले नेपाललाई १ सय  ७५ रनको लक्ष्य दिएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको पाएको उल्भ्सले निर्धारित ओभरको खेल सकिँदा ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रनमा समेटिएको छ । 

नेपालका लागि शाहब आलम र रिजन ढकालले समान तीन तीन विकेट लिए । तीन विकेटका लागि १० ओभर बलिङ गरेका आलमले एक मेडन राख्दै ३५ रन खर्चिए । ८ ओभर बलिङ गरेका रिजन ढकालले ३० रन खर्चेर ३ विकेट आफ्नो नाम गराए । यस्तै, मौसम ढकालले दुई विकेट लिदा कमलसिंह ऐरीले १ विकेट लिए । 

वुल्भ्सका गाभिन होइको अर्धशतकीय पारि खेले । होइले ९४ रनमा ७ विकेट गुमाएको को नाजुक अवस्थाबाट लियम म्याकार्थीसँग ४८ रनको साझेदारी गर्दै खेललाई लयमा फर्काए । वुल्भ्सका लागि माकार्थीले ३५ कप्तान निल रकले ४५ र पेटर मुरले १७ रन जोडे । 







  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार १२:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया