आइपिएलमा हैदराबादको सहज जित, चेन्नईको लगातार दोस्रो हार
फाइल तस्बिर

भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दोेस्रो जित निकाल्नेक्रममा हैदराबादले शुक्रबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हरायो ।  

आफ्नो चाैथो खेलमा चेन्नईले दिएको १ सय ६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि एडन मार्कमले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले चार चौका र एक छक्काको सहयोगमा ५० रन बनाए ।

यस्तै, अभिषेक शर्माले ३७, ट्रभिस हेडले ३१, शाहबाज अहमदले १८ रनको योगदान दिए । नितिशकुमार रेड्डी १४ र हेनरिक क्लासेन १० रनमा अजिवित रहे ।  

त्यसअघि हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ रन ६५  बनायो ।

उसका लागि शिवम दुबेले २४ बलमा चार छक्का र दुई चौकासहित सर्वाधिक ४५ रन बनाए । यस्तै, अजिंक्य रहाणेले ३५, रवीन्द्र जडेजाले अविजित ३१, कप्तान रुतुराज गायकवाडले २६, डारियलले १३ र रचिन रवीन्द्रले १२ रन जोडे । 

हैदराबादका लागि भुवेश्नवर कुमार, टी नटराजन, प्याट कमिन्स, साहबाज अहमद र जयदेव उनादकटले एक/एक विकेट लिए । यो जितपछि हैदराबाद तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसले चार म्याच खेल्दा दुईमा पराजय र दुई खेलमा जित निकालेको छ ।    



तेस्रो स्थानमा कायमै रहेको चेन्नईले तीन खेल खेल्दा दुईमा जित र दुई खेलमा पराजय बेहोरेको छ ।   



  • प्रकाशित मिति : चैत २३, २०८० शुक्रबार २३:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया