logo-img

को-को छन् कतारी राजाको भ्रमण टोलीमा ?

कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपालको औपचारिक भ्रमणमा नेपाल आइपुगेका छन्। राजाको भ्रमण टोलीमा मन्त्रीदेखि उच्चपदस्थ व्यक्तिहरू सहभागी छन् ।

परराष्ट्र स्रोतका अनुसार राजा थानीको भ्रमणमा टोलीमा अमिरी दिवानका प्रमुख शेख साउद बिन अब्दुल रहमान अल्थानी, यातायात मन्त्री जसिम बिन सिफ अल सुलैती, उद्योग तथा वाणिज्य मन्त्री शेख मोहम्मद बिन हमाद बिन क्वासिम अल्थानी, सहायक विदेशमन्त्री सुल्तान बिन साद अल मुराखी र अमिरी दिवानका निर्देशक साद बिन नासिर अल कबी छन्।

त्यस्तै एसिया तथा अफ्रिका लगानी मामिला हेर्ने शेख फैसल बिन थानी अल्थानी, परराष्ट्र मन्त्रालयका एसिया मामिला हेर्ने निर्देशक युसुफ सुल्तान लारम, सुल्तान बिन घानिम अलोदिफी, अमिरी विभागका सहायक निर्देशक तलाल बिन अलाम्स अल सुलैती र राजाका प्रमुख स्वकीय सचिव मन्सुर फेलाह अल हाजिरी भ्रमण टोलीमा सहभागी छन्। 



राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । राजाको थानीको भ्रमण टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै साँझ भेटवार्ता गर्दै छन्। 

भोलि नेपाल र कतारबीचकाे द्विपक्षीय बैठकमा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले बैठकको नेतृत्व गर्नेछन् भने कतारको तर्फबाट राजा थानीले नेतृत्व गर्नेछन्। 





  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार १६:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया