साङ्ग्रिलालाई हराउँदै मछिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि

आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको मछिन्द्र फुटबल क्लबले उपाधि जितेको छ । शनिबार राति विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो । 

प्रतियोगिताअन्तर्गत शनिवार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा मच्छिन्द्र चम्किएको हो । खेलको ११३ औँ मिनेटमा मछिन्द्रका छिरिङ गुरुङ र ११९ औँ मिनेटमा हिसुब थपलियाले गोल गरेका हुन् । उपाधिसँगै मछिन्द्र क्लबले ११ लाख र साङ्ग्रिलाले ५ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । 

प्रतियोगितका प्लेयर अफ द म्याच मच्छिन्द्रका लाकेन लिम्बू, सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिलाका महेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मछिन्द्रका स्टेफन विनोङले जनही २१ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र अखिल नेपाल फुटवल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले पुरस्कार प्रदान गरे । प्रतियोगितामा नेपाल, भारत र भुटानका एक–एक र घरेलु आठसहित १० टोलीको सहभागिता  थियो । 





  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार ६:२८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया