logo-img

प्रतिनिधिसभा बैठक बस्दै, अवरोधकै तयारीमा कांग्रेस
फाइल तस्बिर

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यद्यपि गृहमन्त्री लामिछानेमाथि लागेको सहकारीको रकम अपचलनको आरोपका सम्बन्धमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उनलाई रोस्टममा जान नदिने अडान कायम राखेको छ । 

आजको बैठकमा पनि कांग्रेसले त्यो अडान कायमै राख्दै संसद अवरोध गर्ने तयारी गरेको छ । त्यसका लागि छलफल गर्न आज बिहान कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।  



संसदमा कांग्रेसको अवरोध हटाउन सोमबार सभामुख देवराज घिमिरेले संसदका चार ठूला दलका नेतासँग छलफल गरेका थिए । तर, बैठक निष्कर्षविहीन सकिएको थियो ।  

यस्तै, आजको संसद् बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय शौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘राष्ट्रिय सभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची छ ।





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार ७:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया