logo-img

रोनाल्डोले रातो कार्ड पाएको खेलमा अल नासर पराजित

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएको खेलमा अल हिलालसँग अल नासर २–१ ले पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा अल हिलालको जितमा सलिम अल दाब्सरीले र माल्कोमले गोल गरे ।​ नासरका लागि साडिओ मानेले एक गोल फर्काए ।    



खेलको ६१औं मिनेटमा दाब्सरीले अल हिलाललाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा माल्कोमले गोल गर्दा अल हिलाल २–० ले अघि बढ्यो ।​

८६औं मिनेटमा विपक्षी खेलाडीलाई मुक्का प्रहार गरेपछि रोनाल्डोले रातो कार्ड पाए । इन्जुरी समयमा साडिओ मानेले अल नासरको लागि गोल गरे पनि जितको लागि त्यो पर्याप्त भएन । 



यो जितपछि अल हिलालले फाइनलमा स्थान बनायो । उसले अब उपाधिका लागि अल इत्तिहादको सामना गर्नेछ ।

इत्तिहादले अल वेहदालाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । सोमबार राति नै सम्पन्न इत्तिहादको जितमा करिम बेन्जेमा र हम्दल्लाहले गोल गरे । 



  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार ९:३३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया