logo-img

कांग्रेसले अडान नछाडेपछि फेरि शीर्ष नेता छलफलमा
फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको मागबाट टसकोमस नगर्ने निर्णय गरेपछि दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

संसद् बैठकमा कांग्रेसले अवरोध गर्ने भएपछि सभामुख घिमिरेको पहलमा शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा  प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा सहभागी छन् ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथिको आरोपमा संसदीय छानबिन समिति बनाएरै छानबिन गर्नुपर्ने निर्णय गरेको छ । गृहमन्त्री लामिछानेमाथि सहकारी रकम अपचलनमा संलग्न रहेको आरोप लागेको छ ।



कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको बताए ।

लेखकले भने, ‘कांग्रेसले उठाएको मागप्रति सरकार गैरजिम्मेवार भए संसद्का काम कारबाही रोकिएको जिम्मा सरकारले लिनुपर्छ ।’ 

कांग्रेस संसदीय दलको बैठकले आपसमा धार्मिक, सामाजिक, सांस्कृतिक विपरीत विद्वेष फैल्याउने कुनै पनि खालका तत्त्वहरू अनुचित रहेको पनि ठहर गरेको छ । सुनसरीमा विषयलाई लिएर भएको धार्मिक झडपप्रति गम्भीर रहेको बताएको छ ।





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार १२:५४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया