मुलुकको समृद्धिका लागि एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्छ : राष्ट्रपति पाैडेल
फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो-जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताएका छन् । 

चतराधाममा मंगलबारदेखि सुरु भएको १२ बर्से कुम्भमेलाको उद्घाटन तथा उनको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्वाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसाथ गर्न आग्रह पनि गरे ।

‘जनता आफैंले बनाएको हाम्रो संविधानमा व्यवस्था भएका सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपयोग गर्ने विषयलाई नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य मानेको छ,’ उनले भने, ‘यो दर्शनलाई आत्मसाथ गर्दै राजनीतिमा जो–जो जता-जता भएपनि दिगो विकास, सुशासन र मुलुकको समृद्धिका लागि सबैको एउटै मूलमन्त्र र एउटै गठबन्धन हुन आवश्यक छ । कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्प्रेणाा मिलोस् भन्ने कामना गर्दछु ।’ 

राष्ट्रपति पौडेलले धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना गर्नु भएको र बुद्ध, ईसाइ र हजरत महमदले पनि यही भनेको उल्लेख गर्दै वैदिक मन्त्र द्रष्टाहरूले हजार वर्ष पहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको त्यतिबेलै समाधानबारे उल्लेख गरेको विचार व्यक्त गरे ।
 





  • प्रकाशित मिति : चैत २७, २०८० मंगलबार १४:२३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया