logo-img

संसदमा सरकारलाई कांग्रेसको प्रश्न- ६ वटा सहकारीको पैसा अपचलन गर्नेलाई दण्ड हुन्छ कि न्याय ?

नेपाली कांग्रेसले प्रतिनिधि सभाको आजको नियमित कारबाही सुरु हुनासाथै सहकारी रकम अपचलनमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै विरोध जनाएको छ । 

बुधबार बसेको बैठकमा नेपाली कांग्रेसको तर्फबाट आफ्ना भनाई राख्दै सांसद रामहरि खतिवडाले गृह मन्त्री लामिछानेको सहकारीको बचत रकम अपचलनमा नाम मुछिएको विषय छानबिन गर्न संसदीय समिति गठनको माग गरेका थिए । 

उनले भने,‘एक महिनादेखि हामी निरन्तर यही विषयमा छलफल गरिरहेको छौँ । हाम्रो माग सरकारले पूरा गरेन हामी कोहीसँग पूर्वाग्रहको दृष्टिकोणले व्यवहार गर्न चाहँदैनौँ । तर सहकारीको अरबौँ पौसाबाट गोर्खा मिडियाका प्रवर्द्धक रवि लामिछानेले जम्मा गर्नुभएको छ । सहकारीको पैसा कुनै पनि संस्थामा आफू सदस्य नभएको संस्थामा लैजान मिल्दैन । छ वटा सहकारीको पैसा लाने मान्छेलाई दण्ड हुन्छ कि न्याय हुन्छ ? निष्पक्ष छानबिन गर्ने संसदीय छानबिन समिति गठन होस् । त्यो छानबिन समितिले जे निर्णय गर्छ । त्यो हामी मान्छौँ ।’  







  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १२:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया