logo-img

प्रमाणित नभइ कसैमाथि पटक-पटक प्रहार गर्न मिल्दैन : रास्वपा सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पटक पटक कुनै एउटा व्यक्तिप्रति गरिएको प्रहारप्रति आफूलाई आपत्ति भएको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा उनले कानुनी र प्रक्रियागत बाटोबाट जान सबैलाई आग्रह गर्दै निष्कर्ष नआएको विषयलाई लिएर निराधार कुनै व्यक्तिप्रति पटक पटक लाञ्छनाहरू लगाउन नपाउने बताए । 

रास्वपाका सभापति रवि लामिछानेको नाम मुछिएको विषय छानबिन गर्न संसदीय समितिको माग गरिरहेको नेपाली कांग्रेसप्रति सङ्केत गर्दै झाले यस्तो प्रतिक्रिया गरेका हुन् ।

उनले भने, ‘सदनको नियमावलीको पृष्ठ ११ र १२ मा सदनमा बोल्न पाउँछ र निराधार कुनै व्यक्तिप्रति पटक पटक लाल्छनाहरू लगाउन पाउदैँन् भनेर कानूले कुनै निर्णय दिएको छैन । सुरक्षा निकायले आफ्नो सूचना दिई सकेको छ । त्यो चौकीमा कसैले गएर दिएको एउटा उजुरी हो जुन दर्ता भएको छैन । त्यहाँ आफ्नो प्रायोजित पत्रकारहरूलाई लेख्न लगाइएको सूचना मात्र हो । त्यसमा प्रश्न छ, निष्कर्ष छैन । तर त्यसको आधारमा पटक पटक कुनै एउटा व्यक्तिप्रति गरिएको प्रहारप्रति पनि हाम्रो आपत्ति छ । आउनु कानुनी र प्रक्रियागत बाटोबाट जाऔँ कति कुण्ठा पालेर बस्नु हुन्छ ।’ 



उनले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना नै सुशासनको आधारमा भएको भन्दै रास्वपा सुशासनको अवरोध बन्छ भन्ने आशंका नगर्न आग्रह गरे। उनले भने, ‘हामीले अर्को फरक संविधान चाहियो भनेर कहिले भनेका छैनौं । हामी यही व्यवस्थामा फरक अवस्था, सुधारिएको अवस्था चाहन्छौ भनेर आएका हौ । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना नै त्यही मुद्दाको आधारमा भएको हो । त्यस कारण हामीबाट सुशासन नपाइएला की सुशासनको लागि अवरोध गर्ला की भनेर आशंका कतै पनि नगरियोस् । किनभने हाम्रो दलको सिर्जना र स्थापनाको आधार नै त्यही हो । त्यस कारण त्यसको शंका नगर्न अनुरोध गर्छु ।’  





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १३:४४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया