इपिएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
४० हजार ५ सय ८० परीक्षार्थीमध्ये ६ हजार ३२१ उत्तीर्ण

रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले लिएकाे कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएकाे छ । 

कुल ४० हजार ५ सय ८० जनाले परीक्षा दिएकामा पहिलो चरणमा ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्। गत फागुन ७ गतेदेखि चैत २४ गतेसम्म भाषा परीक्षा सञ्चालन भएकाे थियाे । 

पहिलो चरणको परीक्षामा पास भएकाहरुको दोस्रो चरणको सीप परीक्षा ०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ।

स्किल र कम्पिटेन्सी परीक्षामा सहभागी भएपछि मात्र उनीहरु कोरिया जान पाउने श्रमिकको रोस्टरमा सूचीकृत हुनेछन्।





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १६:५२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया