नेपाली बजारमा घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । यस आधारमा छापावाला सुन तोलामा दुई सयले घटेको छ ।

यस्तै, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३६ हजार एक सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३५ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ ।  





  • प्रकाशित मिति : चैत २९, २०८० बिहीबार १२:१३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया