सुर्तीजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु हुँदैन : महेश बर्तौला
फाइल तस्बिर

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तीजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

सुर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेको उल्लेख गर्दै उनले नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिए । उनले कुल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । उनले राजनीतिक नेतृत्वहरू पनि गलत कुराको अनुयायी बन्न नहुने बताए । उनले विश्वका धेरै देशहरूले पूर्ण प्रतिबन्ध गरेर अघि बढेको भन्दै उहाँले यो विषयलाई समाज, राजनीतिक दल संसद् र सरकारको विषय बनाउनुपर्ने बताए । 

उनले भने, ‘ठिक कुराको नेतृत्व गर्ने राजनीतिक नेतृत्वले बेठिक कुराको कुनै पनि अनुयायी बन्नु हुँदैन । राजनीतिक नेतृत्व त समाजको अभिभावक हो । भेवका बारेमा हाम्रो समाज अभ्यस्त छैन । सरकारले सुर्तीजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो पनि बनाउनु हुँदैन । यसबाट भएको क्षति ठूलो छ । झन्डै देशको मृत्युदरमा १९ प्रतिशत मानिस मृत्यु भएको तथ्यांक छ । भेवले बालबालिका र युवा पुस्तामा पारेको प्रभाव त छँदै छ । विश्वका धेरै देशहरूले यसलाई रोकेर अघि बढेका छन् । भारतले पनि प्रतिबन्ध गरेको छ । नेपालले पनि प्रतिबन्ध गर्नुपर्छ । यो विषयलाई समाज, राजनीतिक पार्टीहरूको विषय बनाउनुपर्छ, संसद् र सरकारको विषय बनाउनुपर्छ । सबै ठाउँको साझा विषय बनेपछि साझा प्रतिबद्धता आउँछ । सिंगो देशको प्रतिबद्धता भएन भने प्रभावकारी ढंगबाट कार्यान्वयनमा जान सक्दैनौँ ।’

प्रमुख सचेतक बर्तौलाले सिंगो देशको प्रतिबद्धता भए मात्रै यस किसिमका समस्या समाधान हुने बताए ।  





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार १४:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया