logo-img

दीपेन्द्र सिंह ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित
तस्बिर : क्यान

ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

शुक्रबार मलेसियाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । दीपेन्द्रले नेपालको जितमा अलराउन्ड प्रदर्शन गरे । उनले ब्याटिङमा ११ बलमा दुई चौका र एक छक्कासहित २० रन जोडे । 

बलिङतर्फ ऐरीले ४ ओभरमा १४ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिए । उनको अलराउन्ड प्रदर्शनको मद्दतमा नेपालले मलेसियालाई ५ विकेटले हरायो । प्रिमियर कपमा नेपालले आफ्नो दोस्रो खेलमा शनिबार कतारसँग खेल्नेछ । 
 






  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार २०:४४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया