नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, ब्याटिङमा दीपेन्द्रको चमत्कार

 एसिसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा अल राउण्डर दीपेन्द्र सिंह ऐरी चम्किएपछि नेपालले कतारसामु जितका लागि २११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
 
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको हो । 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले । उनले अन्तिम ओभरमा कमरान खानको बलिङमा ६ बलमा ६ छक्का हिर्काए । 

त्यस्तै, ओपनर आसिफ शेखले ५२, कुशल मल्लले ३५ कप्तान रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रन बनाए ।

कतारले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । 





  • प्रकाशित मिति : वैशाख १, २०८१ शनिबार १८:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया