साहित्य दिवसको अवसरमा १५ स्रष्टालाई सम्मान तथा पुरस्कार

साहित्य दिवस २०८१ को अवसरमा १५ स्रष्टालाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । साहित्य सम्वर्द्धन केन्द्र, नेपालले उनीहरूलाई नगदसहित सम्मानीत गरेको हो । 

शनिबार बिहान ८ बजे दरबार हाई स्कुलको अगाडि रहेको आदिकवि भानुभक्तको सालिकमा माल्यार्पणबाट सुरु भएके उक्त साहित्यिक कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा रहेको आदिकवि भानुभक्तको सालिकमा आई समापन गरिएको थियो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भुपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. अभि सुवेदी, कवि भुवनहरि सिग्देल, डा. रमेश शुभेच्छु, विनयकुमार शर्मा नेपालले साहित्य दिवस, पुस्तक विमोचन र पुरस्कारका बारेमा प्रकाश पारेका थिए । 

संस्थाका महासचिव विनयकुमार शर्मा नेपालका अनुसार उक्त अवसरमा प्रा. राजेन्द्र सुवेदीद्वारा लिखित साहित्य सिद्धान्त र धर्मप्रसाद नेपालद्वारा लिखित नेपाल वंशसागर समेत विमोचन गरिएको थियो ।

उक्त कार्यक्रममा सम्मानीत हुने व्यक्तित्व तथा संस्थाहरू निम्न छन् । उनीहरूले निम्नबमोजिमको पुरस्कार राशि प्राप्त गरेका छन् । 

१. ‘वसन्त–राधा पद्यकाव्य पुरस्कार’ – डा.नवराज लम्साल  ५०,०००।
२. ‘हेमकुमारी–दिवाकर समाजसेवा सम्मान’ – सिर्जनशील अपांग आवाज २५,५५५।
३. ‘साहित्य संवद्र्धन द्रष्टा सम्मान’– प्राडा. अभि सुवेदी    १५,०००।
४. ‘हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार– प्राडा. प्रेम खत्री  ६०,०००।
५. ‘विश्वज्योति सेवा सम्मान’ – रिमा समाज सेवा   ४०,०००।
६. ‘शारदादेवी सिर्जना पुरस्कार’ – गङ्गा पौडेल     २१,०००।
७. ‘जम्बकुमारी–टीकावल्लभ साहित्य सम्मान’ – डा. विप्लव ढकाल १५,०००।
८. ‘गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मान’ –धनञ्जय आचार्य   १३,०००।
९. ‘निर्मला–प्रेम साहित्य सम्मान’ – रामबाबु सुवेदी         १५,०००।
१०. ‘पुण्य–तिलस्मी–सरह दर्शन साहित्य सम्मान’ – प्राडा. वीणा पौडेल १५,०००।
११. ‘नन्द–आनन्द–टुल्की साहित्य सम्मान’ – खेमराज पोखरेल    १५,०००।
१२. ‘आमोई पद्याख्यान पुरस्कार’ – डा धनपति कोइराला   २५,०००। 
१३. ‘अभिजित–पृथा कला सङ्गीत सम्मान’ – तारावीर सिंह तुलाधर  २१,०००।
१४. ‘सुहंसा अनुवाद साहित्य सम्मान’ – प्राडा. गोविन्दराज भट्टराई  ५१,०००।
१५. तिलकुमारी श्री पुरस्कार –               प्रह्लाद पोखरेल    १५,०००।





  • प्रकाशित मिति : वैशाख १, २०८१ शनिबार २०:३०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया