logo-img

एसिसी प्रिमियर कपमा हङकङविरुद्ध साउदी अरेबियाको ऐतिहासिक जित
फाइल तस्बिर

साउदी अरेबियाले ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा पहिलो जित निकालेको छ । आइतबार समूह ‘ए’ को खेलमा हङकङलाई ५५ रनले हराउँदै साउदीले प्रतियोगितामा पहिलो जित निकालेको हो । साउदीले टी–२० क्रिकेट इतिहासमा पहिलोपटक हङकङलाई हराउन सफल भएको हो । 

आफ्नो दोस्रो खेलमा साउदीले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हङकङ १८.५ ओभरमा १४७ रनमै अलआउट भयो । उसका लागि कप्तान निजाकत खानले अर्धशतकीय पारी खेले पनि टिमको हार टार्न सकेनन् ।

उनले ५१ बलमा सात चौका र दुई छक्कासहित सर्वाधिक ७१ रन बनाए । यस्तै, अंशुमन रथले २९ र जीशान अलीले १८ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 



साउदी अरेबियाका लागि उस्मान नजीब र जैन उल अबिदिनले सर्वाधिक तीन/तीन विकेट लिए । त्यसअघि ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर ब्याटिङ रोजेको साउदी अरेबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रन बनायो । 

उसका लागि ओपनिङ ब्याटर अब्दुल वाहिदले उत्कृष्ट पारी खेले । ५१ बलको सामना गरेका उनले १० चौका र एक छक्कासहित सर्वाधिक ७७ रन बनाए । यस्तै, मनन अलीले ३० र कप्तान हसिम शेखले २२ रन जोडे । हङकङका लागि एहसान खानले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा ३१ रन दिएर सर्वाधिक तीन विकेट लिए । 

यो हारपछि हङकङ तालिकाको चौथो स्थानमा खस्किएको छ । हङकङलाई हराएपछि साउदी भने तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ऊ पहिलो खेलमा मलेसियासँग १२ रनले पराजित भएको थियो । उसले अब मंगलबार कतार तथा बुधबार नेपालसँग खेल्नेछ । 





  • प्रकाशित मिति : वैशाख २, २०८१ आइतबार १९:५६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया