logo-img

अफगानिस्तान-पाकिस्तानमा वर्षा र चट्याङ : ५७ जनाको मृत्यु

अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र चट्याङका कारण ५७ जनाको मृत्यु भएको छ । योसँगै दुवै देशमा १ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । यस्तै, २ सय ५० भन्दा बढी पशुपक्षीको मृत्यु भएको बताइएको छ ।

ज्यान गुमाउनेमा अफगानिस्तानका ३३ र पाकिस्तानका २४ जना रहेका छन् । पाकिस्तानमा सबैभन्दा धेरै मृत्यु पञ्जाब प्रान्तमा भएको छ । दुवै देशका मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको छ ।

तालिवानको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता अब्दुल्लाह जनान साकले बाढीले राजधानी काबुल र देशका अन्य धेरै प्रान्त प्रभावित भएको बताए । बाढीबाट झण्डै ८ सय हेक्टर बाली नष्ट भएको छ भने सडकमा क्षति पुगेको छ ।  



सबैभन्दा बढी क्षति पश्चिमी फराह, हेरात, दक्षिणी जाबुल र कान्दाहार प्रान्तमा भएको छ । मौसम विभागले अफगानिस्तानका ३४ प्रान्तका अधिकांश क्षेत्रमा आगामी दिनमा भारी वर्षा हुने चेतावनी दिएको छ ।
 





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार १०:३४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया