कोशी प्रदेशका मुख्यमन्त्री हटाउन एमाले र माओवादीले दर्ता गराए संकल्प प्रस्ताव

सत्ता गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव दर्ता गराएका छन् । यी दुई दलले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन सोमबार प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरिएकाे हाे ।

प्रस्तावको प्रस्तावक एमाले प्रमुख सचेतक भण्डारी छन् भने समर्थकमा एमाले सांसद किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका सांसद गणेश उप्रेती छन् ।प्रस्तावमा मुख्यमन्त्री कार्कीले २५ वैशाखभित्र विश्वासको मत लिनुपर्ने उल्लेख छ।

कार्कीलाई विश्वासको मत माग्न निर्देशन दिन प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराइएको हाे । प्रस्तावमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वमा वैकल्पिक सरकार बनाउने विषय पनि उल्लेख छ । 

प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ६ गते विशेष अधिवेशन आह्वान गरिसकेका छन् ।





  • प्रकाशित मिति : वैशाख ३, २०८१ साेमबार २०:२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया