logo-img

उपनिर्वाचन : इलाम-२ मा १ लाख १५८८९ मतदाता, कुन पालिकामा कति ?
फाइल तस्बिर

यही १५ वैशाखमा हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या १ लाख १५ हजार ८ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार ८ सय ६९ र दुईजना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

अघिल्लो निर्वाचनमा कायम मतदाता सङ्ख्याभन्दा यो ५ सय ४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा १ लाख १५ हजार ३ सय ४२ मतदाता थिए । इलाम–२ मा ६ वटा पालिकाका ४२ वटा वडा छन् ।

सो क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिका पूरै तथा इलाम नगरपालिका (१० वडाबाहेक) र माई नगरपालिकाका–६, ७ र ८ वडा छन् ।



चुलाचुलीमा १८ हजार पाँच सय ४५, माङसेबुङमा १२ हजार पाँच सय ३६, फाकफोकथुममा १६ हजार तीन सय दुई, देउमाईमा २६ हजार तीन सय ६५, इलाममा (१० वडा बाहेक) ३४ हजार ४५ र माईका–६, ७ र ८ वडामा आठ हजार ९६ मतदाता रहेका आयोगले जनाएको छ ।

उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।  





  • प्रकाशित मिति : वैशाख ४, २०८१ मंगलबार १०:२८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया