एक महिना पछि सर्यो एकीकृत समाजवादीको महाधिवेशन

नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन एक महिना पर सरेको छ । बुधबार बसेको सचिवालय बैठकले आन्तरिक तयारी र व्यवस्थापनको कारण देखाउँदै महाधिवेशनको मिति सारेको हो ।

यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने तय भएको थियो । सचिवालय बैठकले मिति सारेर असार १६ देखि २० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘पार्टीले यही जेठ ३ गतेदेखि ७ गतेसम्म सम्पन्न गर्न लागेको १० औं राष्ट्रिय महाधिवेशन हाम्रो धेरै आन्तरिक तयारीका कारणले संगठनको तलबाट माग भएबमोजिम जिल्लाबाट जिल्लाहरुले माग गरे बमोजिम र केन्द्रले विश्लेषण गर्दा त्यसलाई उपयुक्त ठहर्‍याएअनुसार १० औं राष्ट्रिय महाधिवेशनलाई असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेका छौँ ।’

पमर्टीका सबै जिल्ला कमिटीले सांगठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । मातहतका जिल्ला कमिटीले वडादेखि सम्बन्धित कमिटीको अधिवेशन, सञ्चालन गरेका संगठन सुदृढीकरण तथा सदस्य विस्तार, प्रशिक्षणलगायत प्रगतिको विवरणको प्रतिवेदन केन्द्रमा पठाएका हुन् । 
 





  • प्रकाशित मिति : वैशाख ५, २०८१ बुधबार २०:२१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया