logo-img

स्वीडेनमा लिङ्ग परिवर्तन गर्नेसम्बन्धी नयाँ कानुन पास

स्वीडेनको संसदले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ । नयाँ कानुन अनुमोदन भएसँगै अब स्वीडेनमा लिङ्ग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ । 

यसअघि १८ वर्षको उमेरपछि मात्रै लिङ्ग परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा नयाँ कानुन परिवर्तनका लागि प्रक्रिया सुरु गर्न १६ वर्ष पुग्नु पर्नेछ । तर, १८ वर्ष मुनिका युवाले लिङ्ग परिवर्तन प्रक्रिया सुरु गर्नुअघि परिवारका सदस्य, चिकित्सक र राष्ट्रिय स्वास्थ्य तथा कल्याण बोर्डको स्वीकृति लिनुपर्नेछ ।

बुधबार स्वीडेनको संसदमा यस कानुनमाथि मतदान नै भएको थियो, जसमा २ सय ३४ सांसदले कानुनको पक्षमा मतदान गरेका छन् । ९४ सांसदले भने विपक्षमा मतदान गरे । यस्तै, २१ सांसद मतदान प्रक्रियामै सामेल भएनन् ।



स्विडेनी सरकारका उदारवादी नेता र दलले यो कानुनलाई समर्थन गरिरहेका छन् । यस्तै, केही क्रिश्चियन डेमोक्र्याटले यसको विरोध गरिरहेका छन् । 

स्वीडेनको दक्षिणपन्थी पार्टी मानिने स्वीडेन डेमोक्र्याटले पनि कानुनको विरोध गरेको छ । यो पार्टी सरकारलाई समर्थन गर्छ तर सरकारको पक्षमा छैन । 





  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार ७:४०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया