अधिकृत घूस लिँदालिँदै पक्राउ

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाइका एक अधिकृत घूस लिँदालिँदै पक्राउ परेका छन् ।

कैलालीको लम्कीस्थित इकाइका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई घूस लिएको १ लाख २० हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार नियन्त्रणमा लिएको हो । 

उनले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना आयोगले पाएको थियो । उनलाई नेपालगञ्ज–२ बाट रकमसहित नियन्त्रणमा लिइएको आयोगले बिहीबार जनाएको हो । 





  • प्रकाशित मिति : वैशाख ६, २०८१ बिहीबार १८:१६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया