logo-img

प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिन अस्वीकार

प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिन अस्वीकार गरिएको छ ।  सदस्यता दिने सम्बन्धी संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा अमेरिकाले भिटो प्रयोग गरेपछि प्यालेस्टाइनलाई सदस्यता दिन अस्वीकार गरिएको हो । 

१५ सदस्यीय सुरक्षा परिषद्मा १२ सदस्य राष्ट्रले पक्षमा मतदान गर्दा एक सदस्यले भने विपक्षमा मतदान गरे । यसैगरी २ सदस्य राष्ट्र भने मतदान प्रक्रियामा सहभागी भएनन् । १५ सदस्यीय सुरक्षा परिषद्मा ५ स्थायी राष्ट्र रहेकाले उनीहरुले भिटो प्रयोग गर्दा कुनै पनि प्रस्ताव पारित हुँदैन । 

प्यालेस्टाइनको पक्षमा बहुमतले सदस्यता दिनुपर्ने मतदान गरे पनि अमेरिकाको भिटोका कारण यो प्रस्ताव असफल भएको हो । स्थायी सदस्यमा चीन, फ्रान्स, रसिया, बेलायत  र अमेरिका रहेका छन् । यी पाँच मध्य एकलेमात्रै भिटो प्रयोग गर्दा प्रस्तावहरु असफल हुने गरेका छन् ।



गाजामा जारी लडाइँको बीचमा, प्यालेस्टाइनले अप्रिल २ मा संयुक्त राष्ट्रका महासचिवलाई पत्र पठायो र संगठनको सदस्यताका लागि प्यालेस्टाइनको आवेदनलाई पुनर्विचार गर्न अनुरोध गरिएको थियो । 

प्यालेस्टाइनले सन् २०११ मा पहिलो पटक संयुक्त राष्ट्र संघमा निवेदन दिएको थियो । प्यालेस्टाइनको पछिल्लो अनुरोधपछि संयुक्त राष्ट्र प्रमुखले उक्त पत्र सुरक्षा परिषदलाई हस्तान्तरण गरिएको थियो ।   





  • प्रकाशित मिति : वैशाख ७, २०८१ शुक्रबार ९:३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया