logo-img

भक्तपुरमा चितुवाको आक्रमणबाट बालिका घाइते
फाइल तस्बिर

भक्तपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ वर्षीया चयन बस्नेतलाई चितुवाले आक्रमण गरेको हो । 

घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको चितुवाले उनीमाथि आक्रमण गरेको थियो । बस्नेत सख्त घाइते अवस्थामा भेटिएकी थिइन् ।

उनलाई उपचारका लागि टेकु अस्पताल पुर्याइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।





  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार ९:५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया