logo-img

मेस्सी चम्किँदा मियामीको सानदार जित

लियोनल मेस्सी नेतृत्वको इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा नास्भिलविरुद्ध ३–१ को सानदार जित निकालेको छ । 

आज बिहान घरेलु मैदानमा सम्पन्न खेलमा मियामीको जितमा मेस्सीले दुई र सर्जियो बुस्केटले एक गोल गरे । नास्भिलले एक आत्मघाती गोल उपहार पायो । मियामीका फ्रान्को नेग्रीले आत्मघाती गोल गरेका थिए ।  



उनले खेलको दोस्रो मिनेटमा आत्मघाती गोल गर्दै विपक्षी टिमलाई सुरुवाती अग्रता दिलाए । ११ औँ मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई बराबरीमा ल्याए ।

३९ औँ मिनेटमा बुस्केटले गोल गरेपछि मियामी २–१ ले अघि बढ्यो । खेलको निर्धारित समय सकिन ९ मिनेटअघि प्राप्त पेनाल्टीमा मेस्सीले गोल गरेपछि मियामी ३–१ ले विजयी भयो ।  

यो जितपछि मियामीले १० खेलबाट १८ अंक जोडेको छ । ऊ इस्टर्न कन्फेरेन्सको शीर्ष स्थानमा छ । ८ खेलबाट ७ अंक जोडेको नास्भिल तालिकाको १४ औँ स्थानमा छ ।





  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १०:४७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया