logo-img

पञ्जाबविरुद्ध गुजरातको रोमाञ्चक जित, अंक तालिकामा कसको स्थान कहाँ ?

इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ ​अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्सले जित निकालेको छ । मोहालीमा भएको खेलमा उसले पञ्जाब किंग्सविरुद्ध तीन विकेटको जित निकालेको हो । योसँगै गुजरात तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।  

राहुल टेवाटियाले १८ बलमा ३६ रनको योगदान दिएपछि पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले १९ ओभर एक बलमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि कप्तान शुभमन गिलले ३५ र साइ सुदर्शनले ३१ रन बनाए । यस्तै, ऋद्धिमान साह र अजमातुल्लाह उमरजाईले १३/१३ रन जोडे । 

बलिङतर्फ पञ्जाबका हर्षल पटेलले तीन र लियाम लिभिङस्टोनले दुई विकेट हात पारे । त्यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जाबले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनायो । उसका लागि प्रभसिमरन सिंहले ३५ रन, हरप्रित ब्रारले २९ र कप्तान साम करनले २० रन जोडे । बाँकी ब्याटरले सन्तोषजनक ब्याटिङ गर्न सकेनन् । 



पञ्जाबलाई सस्तो स्कोरमा रोक्नका लागि साई किशोरले चार, मोहित शर्मा र नूर अहमदले दुई/दुई विकेट लिए । यो जितपछि गुजरातले आठ खेलबाट आठ अंक जोडेको छ । समान खेलबाट चार अंक जोडेको पञ्जाब नवाैँ स्थानमा छ । 

३७ खेल सकिँदा आइपिएल अंक तालिका :





  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार ७:५२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया