logo-img

माल्दिभ्सका राष्ट्रपति मुइज्जुको दललाई अत्यधिक बहुमत

माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ । निर्वाचनको परिणाम औपचारिक रूपमा केही दिनपछि मात्रै घोषणा हुनेछ । 

माल्दिभ्सको ९३–सदस्यीय संसद्मा राष्ट्रपति मुइज्जुको पिपल्स नेसनल कंग्रेस (पिएनसी)ले ६७ स्थान जित्दै दुई तिहाई बहुमत आएको प्रारम्भिक नतिजामा देखिएको छ ।

यसअघि संसद्मा बहुमत रहेको माल्दिभिअन डेमोक्र्याटिक पार्टी (एमडिपी)ले निर्वाचनमा नराम्रो पराजय भोगेको छ अर्थात् एमडिपीले केवल १५ सिट मात्रै प्राप्त गरेको छ । 



पिनएनसीको पक्षमा आएको परिणामलाई विश्लेषकरूले चीनसँग निकट सम्बन्ध राख्ने राष्ट्रपति मुइज्जुको नीति जनताबाट अनुमोदित भएको मानेका छन् ।

धेरैले माल्दिभ्समा लामो समयदेखि पर्दै आएको भारतीय प्रभाव घटाउन चाहने मुइज्जुलाई ‘चीन निकट’ नेताका रूपमा हेर्छन् । 

स्थानीय सञ्चारमाध्यमले देशको संविधान संशोधन गर्न पर्याप्त हुने गरी पिएनसीले संसद्मा दुईतिहाइ बहुमत पाएको र यसले माल्दिभ्समा स्थायी विकासको लागि सारिएका चीनको लगानीमा ल्याइएका आयोजनालाई अघि बढाउन सहज वातावरण प्रदान गर्ने विश्लेषकहरूले बताएका छन् । 



युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा प्राध्यापन गर्ने माल्दिभ्स मामिलाका विश्लेषक अजिम जाहिरले भने, ‘मुइज्जुका लागि यो ठूलो उपलब्धि हो ।’

उनले आफू सत्तामा आउनुअघि माल्दिभ्सको तात्कालिक सरकारले अंगीकार गरेको ‘पहिला भारत’ भन्ने नीति अन्त्य गर्ने उद्देश्यसहित निर्वाचन अभियान चलाएका थिए । 



गत वर्षको अन्त्यतिर सत्तामा आएका मुइज्जुले भारतको प्रभाव घटाउन भन्दै माल्दिभ्समा रहेका सबै भारतीय सैनिकलाई फिर्ता पठाउने उद्घोष गरेका थिए । 

  • प्रकाशित मिति : वैशाख १०, २०८१ साेमबार २२:५०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया