logo-img

इन्टर मिलानले पाँच खेलअगावै जित्यो सिरी ‘ए’ को उपाधि

इटालियन सिरी ‘ए’ को उपाधि इन्टर मिलानले जितेको छ । इन्टरले पाँच खेलअगावै उपाधि जितेको हो । सोमबार राति भएको मिलान डर्बीमा एसी मिलानलाई २–१ गोल अन्तरले पराजित गरेपछि इन्टर २०औँ पटक सिरी ‘ए’ को उपाधि जित्न सफल भयो । 

उसले ३३ खेलबाट ८६ अंक बनाउँदा एसी मिलानको समान खेलबाट ६९ अंक रहेको छ । पाँच खेल बाँकी हुँदा १७ अंकको अग्रता लिएपछि इन्टर उपाधि जित्न सफल भयो । अब बाँकी सबै पाँच खेलमा इन्टर पराजित हुँदा पनि उपाधि उसकै हुनेछ ।

सोमबार राति एसी मिलानविरुद्ध जित दिलाउन इन्टरका फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले एक–एक गोल गरे । एसी मिलानका लागि फिकायो तोमारीले सान्त्वना गोल फर्काए ।



१८ औँ मिनेटमा बेन्जामिन पाभार्डको सहयोगमा एसर्वीले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको इन्टर मिलानले दोस्रो हाफमा एक गोल थप्दा अर्को गोल भने बेहोरे पनि नतिजा उसकै पक्षमा गएको थियो । 

४९ औं मिनेटमा थुरामले गोल गर्दै इन्टरको अग्रता दोब्बर बनाए । ८० औं मिनेटमा तोमारीले गोल फर्काउँदै एसी मिलानको अग्रता कम गरे पनि अन्ततः इन्टर मिलान नै २–१ गोल अन्तरले विजयी भयो । 

अन्तिम केही मिनेट भने तीन खेलाडीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । जसमा एसी मिलानका दुई र इन्टर मिलानका एक खेलाडी रहे । एसी मिलानका थियो हर्नान्डेज र इन्टरका डेन्जेल डम्फ्रिजले एकैसाथ रातो कार्ड पाए । उनीहरूले झगडा गरेपछि रातो कार्ड पाएका हुन् । 



यस्तै, इन्जुरी समयको सातौं मिनेटमा एसी मिलानका डेविड क्यालाब्रिजले पनि रातो कार्ड पाउँदा ९ खेलाडीमा समेटिएको थियो ।  



  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार ८:३३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया