logo-img

एलन मस्कसँग किन रिसाए अस्ट्रेलियाका प्रधानमन्त्री ?

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले अर्बपति व्यापारी एलन मस्कलाई ‘अहंकारी’ को संज्ञा दिएका छन् । अस्ट्रेलियाको सिड्नीमा पादरीसँग भएको छुरा प्रहारको भिडियो एक्सबाट नहटाएपछि अल्बानीज मस्कसँग रिसाएको बताइएको छ ।

केही दिनअघि अस्ट्रेलियाको सिड्नीको एउटा चर्चमा छुरा प्रहारको घटना भएको थियो । एक १६ वर्षीय किशोरले एक चर्चका पादरीलाई इस्लामको आलोचना गरेको आरोपमा छुरा प्रहार गरेका थिए । 

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अस्ट्रेलियाका दूरसञ्चार नियामकले पछि एक्सलाई यस भिडियोसँग सम्बन्धित केही पोस्ट र टिप्पणी  हटाउन आग्रह गरेका थिए । तर, एक्सले यस विषयमा कारबाही नगरेपछि अष्ट्रेलियाको अदालतले सोसल मिडिया प्लेटफर्मलाई टेलिकम नियामकको आदेश पालना गर्न भनेको छ ।



पछि एक्सले यो भिडियोलाई आफ्नो प्लेटफर्मबाट पूर्णरूपमा हटाउनुको सट्टा अष्ट्रेलियामा रहेका प्रयोगकर्ताका लागि मात्र हटाएको थियो । ​एक्सको तर्क थियो ‘अस्ट्रेलियाली सरकारले संसारभर देखाइएका सामग्रीमा मनमानी गर्न सक्दैन ।’

एक्सको जवाफपछि अस्ट्रेलियाका प्रधानमन्त्रीले मस्कलाई निशाना बनाएका हुन् ।   





  • प्रकाशित मिति : वैशाख ११, २०८१ मंगलबार १०:१३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया