logo-img

म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले तालिकाको पुछारमा रहेको शेफिल्ड युनाइटेडविरुद्ध जित निकालेको छ । वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले शेफिल्डविरुद्ध ४–२ को जित निकालेको हो । खेलमा शेफिल्डले दुईपटक लिएको अग्रतालाई उल्टाउँदै युनाइटेडले जित निकाल्यो ।

खेलको ३५औं मिनेटमा जेडेन बोग्लेले गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । तर, ४२औं मिनेटमा ह्यारी माग्वेरले बराबरी गोल गरे । ५०औं मिनेटमा बेन ब्रेरेटनले गोल गर्दै शेफिल्डलाई पुनः अग्रता दिलाए । तर, ६१औं मिनेटमा युनाइटेडले पेनाल्टी पाउँदा ब्रुनो फर्नाण्डेजले बराबरीमा ल्याए ।

८१औं मिनेटमा फर्नाण्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ८५औं मिनेटमा रास्मस होलुन्डले गोल गरेपछि युनाइटेडले ४–२ को जित दर्ता गरेको हो । 



जितसँगै युनाइटेड ५३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । 
 





  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार ८:३१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया