बस दुर्घटनामा परेका फुटबल खेलाडी जोसेफकाे निधन

चेक रिपब्लिक– बस दुर्घटनामा घाइते भएका चेक रिपब्लिकका राष्ट्रिय फुटबल खेलाडी जोसेफ सुरलको साेमबार निधन भएको छ। २८ वर्षीय जाेसेफ सहकर्मीसँग टर्कीबाट फर्किने क्रममा आइतबार दुर्घटनामा परेका थिए । 

दुर्घटनामा घाइते भएका जोसेफसहित ६ जनालाई अस्पताल भर्ना गरिएको थियो। टर्किस फुटबल लिगमा आयसेरिस्पोरसँग १–१ काे बराबरी खेल खेलर फर्किएका उनीहरु एलन्यामा दुर्घटनामा परेका थिए । 

बसका चालकहरु निदाएकाले दुर्घटना भएकाे क्लबका अध्यक्ष हसन कायुसग्लुले बताएका छन् । 

जोसेफ सन् २०१६ को युरो कपमा चेक रिपब्लिक टोलीका महत्वपूर्ण सदस्य थिए। जाेसेफ टर्किस लिगमा पाँचौं स्थानमा रहेको एटेमिज एलनाइस्पोरबाट मिडफिल्डर थिए।

क्लबले एक चालकले स्थानीय प्रहरीले हिरासतमा लिई सोधपुछ गरिरहेको बताइएकाे छ । 





  • प्रकाशित मिति : वैशाख १७, २०७६ मंगलबार १०:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया