logo-img

नेपाल र भियतनामबीच १६ बुँदे सहमति

काठमाडाैं– नेपाल र भियतनामबीच द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिका विषयमा १६ बुँदे सहमति भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणका क्रममा शनिबार द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट त्यहाँका विदेश मामिला मन्त्रालयका प्रतिनिधि न्गुएन कोक दुङले हस्ताक्षर गरेका थिए ।

सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा छुटसम्बन्धी सहमति र दुई सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा हस्ताक्षर भएको छ । याेसँगै दुई देशबीचकाे आन्तरिक सुरक्षा तथा फाैजदारी अपराधविरुद्ध सहकार्य गर्ने र उद्याेग व्यापारकाे विकासमा पनि साझेदारी गर्ने सहमति भएकाे छ । 



भियतनाम भ्रमणका लागि प्रधानमन्त्री ओली वैशाख २६ मा त्यसतर्फ प्रस्थान गरेका थिए । उनले आइतबार भिसाकमा संयुक्त राष्ट्रसंघीय दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नेछन् ।

 

 





  • प्रकाशित मिति : वैशाख २९, २०७६ आइतबार ७:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया