काठमाडौं– पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह बिरामी भएर अस्पताल भर्ना भएका छन् ।
सिंह मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा संक्रमण देखिएपछि सोमबार उपचारका लागि अस्पताल गएका हुन् ।
चिकित्सकले अस्पताल भर्ना हुन सल्लाह दिएपछि नेता सिंह अस्पताल भर्ना भएका हुन् ।
स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार–पाँच दिनदेखि घरमै आराम गरिहेका थिए ।
सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको कांग्रेसका काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ (सबुज)ले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।