रकस्टार ज्याक मा !

एजेन्सी– अलिबाबाका संस्थापक ज्याक मा पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय सन्चारमाध्यममा छाइरहेका छन् । उनले मंगलबारमात्र अलिबाबाको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । मंगलबार उनको कम्पनीको २० औं वार्षिकोत्सव थियो । ८० हजार मानिसको क्षमता भएको स्टेडियममा कम्पनीले आफ्नो वार्षिकोत्सव मनाएको थियो । 

त्यही कार्यक्रममा अलिबाबा संस्थापक ज्याक मा रकस्टारजसरी देखा परे । उनले स्टेजमा गितार लिएर पुगेका थिए । चार घन्टा सम्म उनले चिनियाँ पपगीत गाएका थिए ।

त्यहाँ गीत गाउँदा उनको आँखामा आँसु पनि देखियो । उनले कर्मचारी तथा अन्य आमन्त्रितहरुलाई आफूले नयाँ जीवन सुरु गर्न लागेको जानकारी दिए । ‘जीवनले मलाई निकै धेरै अवसरहरु दियो,’ उनले भने, ‘मलाई उत्साह अत्यन्त मन पर्छ । त्यसैले मैले रिटायर हुने निर्णय लिएको हुँ ।’





  • प्रकाशित मिति : भदौ २५, २०७६ बुधबार १२:२९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया