बिहान उठ्दा कंगना ऋतिक रोशन भइन् भने...

एजेन्सी— बलिउडमा मात्र होइन, अब ऋतिक रोशन र कंगना रनौटबीच भएको विवादबारे विश्वले जानकारी राखिसकेको छ । तर, भारतमा पत्रकारहरु कंगनालाई ऋतिकको विषयमा प्रश्न सोध्न भने छोड्दैनन् । यी दुई बीचको विवाद कतिसम्म भएको थियो भने ऋतिकले कंगनाको विषयमा उनका लागि कानुनी सूचनासमेत पठाउन बाध्य भएका थिए ।

यी दुईबीच विवाद भएको ३ वर्ष भइसकेको छ । तर, अहिलेसम्म पनि यी दुई बीचको यो विवाद रोकिएको छैन । कहिले सामाजिक सन्जालमा त कहिले विभिन्न अन्तर्वार्तामा यो विवादबारे प्रश्न उठिरहेको हुन्छ । 

हालै एक कार्यक्रममा पनि यही विषयमा प्रश्न आयो । एक पत्रकारले कंगनालाई हाइपोथेटिकल प्रश्न सोधे– तपाईं भोलि विहान ऋतिक भएर उठ्नु भयो भने के गर्नुहुन्छ ? 

कंगनाले सहजै जवाफ दिइन्– कंगनालाई फोन गर्थेँ र माफी माग्थेँ ।





  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार २२:३६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया