अमेरिकाले टर्कीमाथिका प्रतिबन्ध हटायो
फरकधार / ६ कात्तिक, २०७६
रुसी राष्ट्रपति र टर्कीका राष्ट्रपतिबीच हिजाेमात्र सम्झाैता भएकाे थियाे ।

एजेन्सी– अमेरिकाले टर्कीमाथि लगाएका प्रतिबन्ध हटाएको छ । पछिल्लो समय कुर्दिश लडाकुविरुद्ध आक्रमण नगर्ने टर्कीको योजनालाई सम्मान गर्दै अमेरिकाले यो प्रतिबन्ध हटाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । 



रुस र टर्कीले हिजोमात्र सिरियाली सीमामा युद्धविराम गर्ने सम्झौता गरेका थिए । 

यसअघि अमेरिकाले अचानक आफ्ना सेनालाई सिरियाली सीमाबाट हटाएपछि टर्कीले त्यहाँ कुर्दिश लडाकुमाथि आक्रमण गर्न सुरु गरेको थियो । 



‘यो रगताम्य बालुवामा अरु कोही लडुन्,’ ट्रम्पले भनेका थिए । योसँगै उनले टर्कीमाथि लागेको प्रतिबन्ध आफूहरुलाई मन नपर्ने केही नहुँदासम्मका लागि हटाएको घोषणा गरेका हुन् ।



उनले टर्कीले सो क्षेत्रमा अब आक्रमण नगर्ने बताएको पनि उल्लेख गरेका छन् । 

  • प्रकाशित मिति : कात्तिक ६, २०७६ बुधबार २२:१९:२४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया