काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संक्रमणविरुद्ध सार्क राष्ट्र एक भएर लड्न गरेको प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । मोदीले ट्विटमार्फत कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रका शीर्ष नेतृत्वबीच भिडिओ कन्फरेन्स गर्ने प्रस्ताव गरेका थिए ।
शुक्रबार दिउँसो ट्विटमार्फत प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन् । मोदीको प्रस्तावको स्वागत गर्दै ओलीले त्यसका लागि नेपाल तयार रहेको बताएका हुन् ।
प्रधानमन्त्रीको ट्विटमा भनिएको छ – कोरोना भाइरसविरुद्ध सार्क राष्ट्रको नेतृत्वले बलियो रणनीति बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावको म स्वागत गर्छु। मेरो सरकार यो प्राणघातक रोगविरुद्ध लड्न र हाम्रा नागरिकको सुरक्षा गर्न सार्क राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ ।
प्रधानमन्त्री ओलीले अस्पतालबाटै मोदीको प्रस्तावको जवाफ लेखेका हुन् । यसअघि भारतीय प्रधानमन्त्री मोदीले भिडिओ कन्फरेन्स गर्न प्रधानमन्त्री ओलीलाई औपचारिक निम्तो नै पठाएका थिए ।
I welcome the idea advanced by Prime Minister Modiji @narendramodi for chalking out a strong strategy by the leadership of the SAARC nations to fight Coronavirus. My government is ready to work closely with SAARC Member States to protect our citizens from this deadly disease.
— KP Sharma Oli (@PM_Nepal) March 13, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।