काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली भूमि रक्षाको पक्षमा देश एक ढिक्का भएका वेला राष्ट्रिय एकतालाई बलियो बनाउन अपिल गरेका छन् ।
नेपाल प्रेस युनियन २९औं वर्ष प्रवेशको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै नेता सिंहले कोरोना भाइरस संक्रमणको जोखिममा सुरक्षित भएर पेशागत धर्म निर्वाह गर्न र सरकारलाई निरन्तर खबरदारी गरिरहन प्रेस युनियनलाई आग्रह गरेका छन् ।
नेता सिंहले देशमा लोकतन्त्र स्थापना र जनताका हक अधिकारको पक्षमा युनियनले खेल्दै आएको भूमिकाको प्रशंसा गरेका छन् । उनको सन्देशमा इतिहासमा जस्तै आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्न सक्ने सक्षम प्रेस युनियन अहिले आवश्यकता रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।