संसदीय समितिले पारित गरेको नागरिकतासम्बन्धी विधेयकमा मनीषा कोइरालाले गरिन् समर्थन

काठमाडौं– कालापानी र लिपुलेक नेपालको नक्सामा राखिएको विषयलाई समर्थन गरेर नेपालीमाझ लोकप्रिय बनेकी बलिउड अभिनेत्री मनीषा कोइरालाले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको अंगीकृत नागरिकतासम्बन्धी विधेयकको पनि समर्थन गरेकी छिन् । 

ेआइतबार समितिले नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय पारित गरेको थियो । अभिनेत्री कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत सांकेतिक रुपमा नागरिकता विधेयकको स्वागत गरेकी हुन् ।

यस विषयमा आफ्नो धारण राख्दै अभिनेत्री कोइरालाले नागरिकता विधेयकको पक्षमा केही ट्विीट र रिट्विट गरेकी छिन् । यसअघि कालापानी क्षेत्रको विषयमा नेपालको पक्ष लिँदै उनले ट्विट गरेपछि केही भारतीय सञ्चारमाध्यमले उनको चर्को आलोचना गरेका थिए । 





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १९:४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया