भाजपा नेताको आक्रोश– बुद्धि नाश भएपछि मानिस क्रोधले पागल हुन्छ, ओलीलाई त्यस्तै भएको छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भानु जयन्तीका अवसरमा व्यक्त गरेको भनाइको भारतको सत्तारुढ दल भाजपाले कडा शब्दमा खण्डन गरेको छ । ओलीले भगवान् रामको जन्मभूमि नेपाल रहेको र भारतले नेपालमा सांस्कृतिक अतिक्रमण गरेको दाबी गरेका थिए । 

भगवान् रामको जन्म नेपालकै पर्साको ठोरी भन्दा पश्चिममा भएको र त्यो स्थान नै वास्तविक अयोध्या भएको ओलीको दाबी थियो । सो विषयमा भारतीय सत्तारुढ दलका सांसद तथा पूर्वमन्त्री सुब्रमण्यम स्वामीले नेपालका प्रधानमन्त्रीको अभिव्यक्ति हास्यास्पद भएको बताएका हुन् । 

नेपालले भौगोलिक अतिक्रमणपछि भारतमाथि सांस्कृतिक अतिक्रमण गरेको भन्दै उनले ओली चीनको एक दासका रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् । विश्वभरकाले भारतमै रहेकोलाई अयोध्या मानेको र रामायणमा पनि भारतीय भूमिलाई नै अयोध्या मानेको उल्लेख गर्दै स्वामीले यसमा विवाद गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।  

तुलसी दासको ग्रन्थमा पनि नेपालको कुनै चर्चा नरहेको भनेका छन्, ‘भगवतगीतामा भनिएको छ, बुद्धि नाश भएपछि मानिस क्रोधले पागल हुन्छ । ओलीलाई त्यस्तै भएको छ ।’

उनले नेपाललाई रावणलाई जस्तै देखाइदिने पनि धम्की दिएका छन् । उनले भनेका छन्, ‘हामीलाई मौका मिलेमा मित्रता पनि देखाउँछौँ । उनलाई (ओली) इतिहासको टोकरीमा फालिदिन पनि सक्छौँ ।’





  • प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार १८:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया