logo-img

प्रम ओलीलाई भाजपाका प्रवक्ताले भने, ‘आफ्ना पूर्खाको इतिहास नबिर्स’

भारतीय जनता पार्टीका प्रवक्ता प्रेम शुक्लाले विवादस्पद अभिव्यक्ति दिएका छन् । भारतीय टेलिभिजन जि न्युजसँगको वहसमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीबारे यस्तो अभिव्यक्ति दिएका हुन् ।

प्रवक्ता शुक्लाले ओलीका पूर्खा भारतको कुमाउँका भएकाले उनी पनि भारतीय भएको बताएका छन् ।

‘नेपालका प्रधानमन्त्री खड्गप्रसाद ओली आफूलाई कुमाइँ ब्राह्मण लेख्छन् । ओलीका पूर्खा भारतका भएकाले उनी पनि भारतीय हुन्’, उनले भने, ‘कम्युनिस्ट भएर चीनतिर ढल्किए पनि ओलीले आफ्ना आराध्यदेव र पूर्खा बदल्न सक्तैनन् ।’



प्रवक्ता शुक्लाले प्रधानमन्त्री ओलीले स्विस बैंकमा ४१ करोड लुकाएर राखेको र त्यो चीनबाट लिएको समेत आरोप लगाए ।

ओलीका पछिल्ला भारतविरुद्धका अभिव्यक्ति त्यसैको प्रभाव रहेको उनको भनाइ थियो ।

‘ओलीले चीनको गोली यति धेरै खाए कि उनको बोली पनि चिनी भइसक्यो’, उनले भने ।



रामको जन्मभूमि नेपालको वीरगञ्जमा नभएर भारतको अयोध्यामै रहेको दाबी गर्दै शुक्लाले भने, ‘राम अवधका राजा थिए, त्यसलाई अवधेस पनि भनिन्छ । यसलाई नेपालीले पनि स्विकार गरेका छन् ।’

भारतको जन्मभूमि भारतको अयोध्यामा भएको कुरा ओलीले सन् २०१८ को मे मा जनकपुरमा भनेको उनले सम्झाए ।



शुक्लाको अभिव्यक्तिप्रति धेरै नेपाली दर्शकले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले भानु जयन्तीका अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा अयोध्या नेपालको वीरगञ्ज र राम नेपाली रहेको अभिव्यक्ति दिएका थिए ।

यस अभिव्यक्तिप्रति भारतमा चर्को विरोध भइरहेको छ । नेपालमै पनि उनकै पार्टीका केही नेताले अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन् ।
 

  • प्रकाशित मिति : असार ३१, २०७७ बुधबार ८:१४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया