जिल्ला न्यायाधीशको लिखित परीक्षामा २६ उत्तीर्ण

काठमाडौं– न्याय सेवा आयोगले गत फागुन २१ देखि २४ गतेसम्म लिएको जिल्ला न्यायाधीश पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले उत्तीर्ण भएका २६ जनाको नामावली प्रकाशन गरेको छ ।  

लिखित परीक्षामा उत्तीर्ण हुनेहरुको अन्तर्वार्ता आगामी २१, २२ र २३ गते अपराह्न ३ बजे र २४ गते बिहान ११ बजे हुनेछ । आयोगले २०७७ साउन ४ गतेको बैठकबाट उनीहरुलाई छनौट गरेको हो। अन्तर्वार्ता न्याय परिषद् सचिवालय रामशाहपथमा हुनेछ। 

अन्तर्वार्तामा आउँदा परीक्षा फारमको साथमा आफूले पेस गरेका प्रमाणपत्रको सक्कल प्रति तथा प्रवेशपत्र लिई उपस्थित हुन आयोगले सूचना जारी गरेको छ ।





  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार १९:८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया