दिल्लीमा ४ जनामध्ये एकजनामा कोराना संक्रमण

काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा प्रत्येक चारजनामा एकजनामा कोरोना संक्रमण हुनसक्ने एक अध्ययनले देखाएको छ । भारतको नेसनल सेन्टर फर डिजिज कन्ट्रोलले गरेको अध्ययनमा दिल्लीका २५ प्रतिशतमा कोरोना संक्रमण देखाएको हो । 

दिल्लीका २१ हजार ३८७ जनाको र्यान्डम्ली लिइएको ब्लड स्याम्पलमा २३.४८ प्रतिशतको ब्लडमा कोरोनाको एन्टीबडी पाइएको छ । भारतले सरकारी तवरबाट गरेको यो पहिलो सर्वेक्षण हो ।

भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ । भारतमा कुल संक्रमित ११ लाख ५५ हजार १९१ पुगेको छ ।

दिल्लीमा मात्रै अहिलेसम्म एक लाख २३ हजार ७ सय ४७ जना संक्रमित भेटिएका छन् । भारतमा कुल मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ ।





  • प्रकाशित मिति : साउन ६, २०७७ मंगलबार १९:३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया