ट्विट गर्दै अमिताभ बच्चनले भने– मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको समाचार 'फेक'

काठमाडौं– कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको भन्ने खबर झुटो भएको बताएका छन् ।

यसअघि भारतीय भारतीय सञ्चारमाध्यमहरुले अमिताभ बच्चनको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको र अब एकदुई दिनमै डिस्चार्ज हुने समाचार सम्प्रेषण गरेका थिए।

तर अमिताभले भने ती समाचार सत्य नभएको भन्दै खण्डन गरेका छन्अ । अमिताभले बिहीबार साँझ ट्विट गर्दै उक्त समाचार गलत, गैरजिम्मेवार र फेक भएको बताएका हुन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अमिताभ बच्चन १२ दिनदेखि मुम्बईको नानावती अस्पतालमा उपचाररत छन् । 

अमिताभका साथै छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन तथा नातिनी आराध्याको पनि नानावती अस्पतालमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १८:३९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया