नयाँदिल्ली– भारतको केरला इडुक्की जिल्लामा भीषण पहिरो गएको छ । सो पहिरोमा परी १५ जनाभन्दा बढीको मृत्यु भएको बिबिसीले जनाएको छ ।
पहिरोमा पुरिएर थप ६० जना बेपत्ता छन् । १५ जनाको मृत्यु पुष्टि भइसकेको छ भने ५० जनाको उद्धार गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनामा दुःख प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्रीले मृतकका परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।