logo-img

अमेजन जंगलमा फेरि भीषण डढेलो फैलियो

ब्राजिल– ब्राजिलमा पर्ने अमेजन जंगलमा पुनः भीषण डढेलो लागेको छ । उक्त डढेलो गत वर्षको भन्दा पनि भयानक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । 

वेलैमा नियन्त्रणमा लिन नसके गत वर्षजस्तै यस वर्ष पनि डढेलोले गर्दा ठूलो क्षति हुने अनुमान गरिएको छ । गत वर्ष जंगलको लाखौँ स्थानमा डढेलो लागेको थियो । यस वर्ष पनि त्यस्तै भयानक डढेलो फैलिँदै गरेको बताइएको छ ।

यद्यपि, ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोले यस घटनलाई झुटो भन्दै इन्कार गर्दैआएका छन् । तर उनले उक्त घटनालाई नजरअन्दाज गरेकोमा विज्ञ र आमनागरिकले कडा आलोचना पनि गरेका छन् ।



यसबारे ग्लोबल मिडियाले विस्तृत समाचार तथा तस्बिर सार्वजनिक गरिसकेका छन् ।





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १९:४४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया