logo-img

बिहार र असमका बाढीपीडितलाई अक्षयकुमारको एक करोड सहयोग

मुम्बई– बिहार र असमका बाढी पीडितका लागि बलिउड अभिनेता अक्षयकुमारले एक करोड (भारतीय रुपैया) सहयोग दिने घोषणा गरेका छन् ।  

फिल्म ‘बेल बटम’को सुटिङका लागि स्कटल्याण्डमा रहेका अक्षयको घोषणाको बिहार र असम राज्यका मुख्यमन्त्रीहरुले आभार प्रकट गरेका छन् । 

उनले दुवै राज्यका मुख्यमन्त्रीसँग कुरा गर्दै सुटिङबाट फर्किएपछि रकम पिएम राहत कोषमा दिने बताएका छन् । अक्षयका फ्यानले उनको यो कदमलाई प्रशंसनीय भनेका छन् । 



कोरोनाभाइरसविरुद्धको लडाइँमा पनि अक्षयले पिएम कोषमा २५ करोड दान गरेका थिए ।





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १८:४१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया